March 26, 2025, Wednesday
१२ चैत्र २०८१, बुधबार
Trending

१४ औं महाधिवेशनले कांग्रेसमा ऊर्जा र एकता प्रदान गरेको छ : सह महामन्त्री राठौर

१४ औं महाधिवेशनले कांग्रेसमा ऊर्जा र एकता प्रदान गरेको छ : सह महामन्त्री राठौर

गुलरिया ।  पुस १६ गते नेपाली कांग्रेस बर्दियाले  गुलरियामा आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रम उद्घाटनको सिलसिलामा बर्दिया आउनु भएका नेपाली कांग्रेसका नवनिर्वाचित सह-महामन्त्री  एवम् संघीय सांसद किशोर सिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले उर्जा दिएको बताउनु भएको छ । १४ महाधिवेशनबाट सह महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्ला बर्दिया पुग्ने क्रममा  नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा सहमहामन्त्री राठौरले महाधिवेशनले एकताको सन्देश दिएको बताउनु भयो।
राठौरले नेता कार्यकर्ताहरुलाई अब एक ढिक्का भएर लाग्न आह्वान पनि गर्नु भयो। पार्टी सुदृढ ढंगले अघि बढ्ने उहाको विश्वास छ। सह-महामन्त्री राठौरले बाँकेमा हुन लागेको निर्वाचनमा आफुले सर्वसम्मतको प्रयास गर्ने बताउनु भयो।
उँहाले आगामी चुनावमा एक्लै वा गठबन्धनमा लड्ने भन्ने बारेमा समय अनुसार निर्णय हुने बताउनु भयो। “सभापति ज्युले प्रधानमन्त्रीका हैसियतले अवश्य पनि सबैलाई मिलाएर जानुहुन्छ, एक्लै वा मिलेर पनि जान सक्ने हुन सक्छ, त्यो कुरा समयले बताउछ ।” राठौरले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसी पारित हुने बताउनु भयो । अहिले नै एमसिसी पारित नहुने उनले स्पष्ट पार्नु भयाे ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा आयोजित पत्रकार भेटघाटमा केन्द्रिय सदस्य मैकुलाल वाल्मीकि लगायतको उपस्थिति रहेको थियो । सयौ कार्यकर्ताको भव्य स्वागत र स्कर्टिङमा बीच गृह जिल्ला बर्दिया पुगेपछि राठौरले गुलरियामा रहेको स्वर्गीय गणेश मान सिंह र राधा कृष्ण थारूको शालिकमा माल्यार्पण गर्नु भएको थियो।