May 10, 2026, Sunday
२७ बैशाख २०८३, आईतवार
Trending

सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई  कोभिड महामारी व्यवस्थापन तालिम

सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई  कोभिड महामारी व्यवस्थापन तालिम

गुलरिया । स्वास्थ्य कार्यालय बर्दिया र गुलरिया नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई  कोभिड महामारीबाट बच्ने बचाउने बारे स्वास्थ्य सुरक्षा,उद्दार तथा परामर्श सम्बन्धी एकदिने तालिम प्रदान गरिएको छ । लुथरन वर्ल्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघद्वारा संचालित कोभिड १९ बाट प्रभावित समुदायको लागि पुनरुत्थान परियोजना अन्तर्गत सो तालिम प्रदान गरिएको हो। गुलरिया नगरपालिकाको सुरजपुरनाका हुँदै भारतबाट नेपाल आउने नागरिकहरुलाई कोभिड जाँच गर्ने व्यवस्थाका लागि  सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई १ दिने तालिम प्रदान गरिएको हो । सीमामा खटिने स्वाथ्यकर्मीलाई यात्रुसँग गर्नु पर्ने सोधपुछ , स्वास्थ्य सुरक्षा,  तथ्याङ्क संकलन, हेल्प डेस्क सञ्चालन, कोभिडको एन्टिजेन टेस्ट, कोभिड पोजिटिभ भएकालाई अस्पताल अथवा होम आइसोलेशनसम्म पुर्याउने कार्य र परामर्श सम्बन्धि तालिम प्रदान गरिएको कार्यक्रम संयोजक विष्णु नेपालीले बताउनु भयो।