January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार

नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार

बार बर्दिया। सशस्त्र प्रहरी गोताखोर टोलीद्धारा  नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार गरिएको छ।
पौष ३ गतेबाट बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ८ बस्ने वर्ष ६ की देबिका खनाल हराईरहेकोमा सुरक्षा बेश कतर्निया, नेपाल प्रहरी र स्थानिय बासिन्दा सहितको टोलीले खोजतलास गर्दा समेत फेला पार्न सकेको थिएन ।  सशस्त्र प्रहरी बल नेपाल  नं. ४२ गण हे.क्वा.सम्शेरगन्जल बाँके बाट खटिएको स.प्र.ना.उ. राजकुमार श्रेष्ठको कमाण्डको गोताखोर टोलीले खोजतलास गर्ने क्रममा बालिका फेला परेकी सशस्त्र प्रहरी नायब गोविन्द के सीले बताउनु भयो। बारबर्दिया ८ थानफेना स्थित बबई सिचाई आयोजनाको नहरमा रहेको साईफनमा ५०/६० फिट भित्र गहिराईमा फलामको कुटो आकारको सरियामा स्विटर अड्किई आधा शरिर हिलोले पुरि सकेको अबश्थामा गोताखोर स.प्र.ज कामोहन बिष्टले उनलाई फेला पारेको हो।  आज पुस ७ गते १४.०५ बजेको समयमा शब फेला पारि उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ न. गण हे.क्वा बर्दिया गणपति नर बहादुर रावतले बताउनु भयाे।