October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

कांग्रेस सभापतिमा देउवा पुन: निर्वाचित

कांग्रेस सभापतिमा देउवा पुन: निर्वाचित

काठमाडौं ।नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेर बहादुर देउवा २७३३ मत  ल्याएर कांग्रेसको सभापतिमा पुन: निर्वाचित हुनु भएको छ। उँहाले निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ९०७ मतले हराउनु भएको छ। कोइरालाले १८५५ मत ल्याउनु ।
दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४५७४ मत खसेको थियो। त्यसमध्ये ३५ मत बदर भएको छ।
पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। ७६ मत बदर भएको थियो।
सभापतिका पाँच जना उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत शेखर कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए।
पहिलो चरणको निर्वाचनमा कसैको बहुमत नआएपछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन गरिएको थियो। दोस्रो चरणको निर्वाचनमा गुरुङ, सिंह र निधि तिनै जनाले देउवालाई सहयोग गर्नु भएको थियो।
देउवा १३औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई पराजित गरेर पहिलोपटक सभापति निर्वाचित हुनु भएको थियो।
पौडेल समूहमा उम्मेदवार को हुने भन्ने कलह चलिरहँदा कोइराला बलिया उम्मेदवार बनेर मैदानमा निस्किनु भएको थियो। सिंहले आफ्नो उम्मेदवारी नछाडेपछि पौडेल समूहबाट दुई जना उम्मेदवार भएका थिए।
निधि र सिंह दुवै मिलेपछि देउवाले सहज जित निकाल्नु भएको हो।
देउवा डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा जन्मनु भएको हो। पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा रहेका देउवा पाँचपटक प्रधानमन्त्री भइसक्नु भएको छ।