January 18, 2026, Sunday
५ माघ २०८२, आईतवार
Trending

सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद

सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद

गुलरिया । बर्दिया सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद गरिएको छ।
नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको छ । यसै क्रममा यस गण तथा मातहत बिओपिहरुको विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार गर्दै गरेको जम्मा मूल्य रु. १,१०,५४६ /- (एक लाख दश हजार पाँच सय छयालिस) बराबरको फेन्सी कपडा, प्लाष्टिक झोला, डि.ए.पि.मल र मोर्टर पार्टस बरामद गरी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको
सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयाे।