October 31, 2026, Saturday
१५ कार्तिक २०८३, शनिबार
Trending

गैर आवासीय नेपाली संघ स्पेनद्वारा बर्दियामा बाढी प्रभावितलाई राहत

गैर आवासीय नेपाली संघ स्पेनद्वारा बर्दियामा बाढी प्रभावितलाई राहत

गेरूवा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले गेरूवा गाउँपालिका वार्ड नम्बर २को राजिपुर र बनघुस्रा ३ को बनकटी र खैरवाङका बाढी पीडित १६८ जना लोपन्मुख राजी तथा सोनाहालाई कम्बल, दाल, चामल वितरण गरेको छ। गैर आवासीय नेपाली संघका अभियन्ता गोविन्द सुवेदी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका पूर्व अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल , पूर्व अध्यक्ष समीर जंग शाहले सो राहत वितरण गर्नु भएको हो। गेरूवा गाउँपालिकाका उपाध्यक्ष हिमा कुमारी थारू मार्फत बाढी प्रभावितलाई सहयोग  हस्तान्तरण गरिएको हो।