September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध चोरी तस्करीजन्य सामान बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध चोरी तस्करीजन्य सामान बरामद

गुलरिया। सशस्त्र प्रहरीले बर्दियाको सीमावर्ती इलाकाबाट २ लाख ७५ हजार बढीका अबैध काठ¸ भैसी तथा किराना सामान बरामद गरेको छ। विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार गर्दै गरेको दुई लाख पचहत्तर हजार बराबरको पाडा सहितको २ गोटा भैसी¸ आलु¸ हरियो खुर्सानी¸ १५ क्यु.फिट काठ बरामद गरी सम्बन्धित कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयाे। नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाले जनाएको छ।