February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

राजापुर। जिल्ला प्रहरी कार्यालय बर्दियाले धामी, झाँक्रीले उपचार गर्छन भन्ने अन्धबिश्वासमा नपर्न सबैमा आग्रह गरेको छ । धामी, झाक्रीले उपचार गर्ने नाममा महिला, बालिका, युवती कोहि पीडित भए  संपर्क राख्न समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ। बिगत १ बर्ष देखि मृगी रोगको उपचार गराई रहेकी नाबालिकालाई कार्तिक २३ गते बिहान १०:०० बजेको  करणी गर्ने एक व्यक्तिलाई राजापुर नगरपालिका  वडा नं. ९ भिम्मापुरबाट पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।
आफ्नै घरमा करणी गरिरहेको अबस्थामा अर्को उपचारमा आएको ब्यक्तिले देखेपछि तत्काल फरार रहेका बृद्धलाई भारततर्फ भाग्दै गरेका अबस्थामा भाद्र २४ गते पक्राउ गरिएको हो ।
प१५ बर्ष भन्दा अगाडी गाँउ घरमा ज्याला मजदुरी तथा मिस्त्रि काम गर्ने ती व्यक्तिले १५ बर्ष देखि आफ्नै घरमा मृर्गी रोग, पिनास ,टाउको दुख्ने , सर्पले टोकेको ब्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएका थिए।उनले सर्पले टोकेको रु ५ हजार, पिनासको रु ५ हजार र मृगीको रु ८ हजार लिने गर्थे।
हप्तामा मंगलबार मात्र उपचार गर्ने उनले जडिबुटी संबन्धी औपचारिक अध्ययन भने नगरेको तर स्थानिय जडिबुटीहरुको धूलो बनाई औषधीको रुपमा दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक हेम शाहीले बताउनु भयाे।