February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप

चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप

काठमाडौं । नेपाली सेनालाई चीनको जनमुक्ति सेनाले तीन लाख डोज कोभिड–१९ को खोप प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले सोमबार उक्त सहयोग प्रदान गर्नुभएको हो ।
त्यस अवसरमा सहयोगस्वरूप उपलब्ध १० थान भेन्टिलेटर र १०० थान अक्सिजनसमेत सेनालाई उपलब्ध गराइएको छ । प्रधानसेनापति शर्माले सहयोगका लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभएको छ ।
उक्त खोप सैनिक कर्मचारी तथा सेनाको प्राथमिकतामा रहेका हिताधिकारी परिवारलाई प्रदान गरिने जनाइएको छ । कोभिड–१९ महामारीविरुद्धको लडाइँमा सेनालाई थप प्रभावकारी रूपमा परिचालन गर्न र जनताको सेवामा लाग्न सक्षम हुने अपेक्षा गरिएको छ ।
नेपाल–चीनबीच रहेको सम्बन्ध थप बलियो हुने विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।