बर्दियामा सशस्त्र प्रहरीद्वारा अबैध मुर्ति तथा कस्मेटिक सामान बरामद
गुलरिया । बर्दियामा सशस्त्र प्रहरीद्धारा अबैध मुर्ति तथा कस्मेटिक सामान बरामद गरिएको छ।
नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको छ । यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दिया मातहत विओपि फुटाहा अन्तर्गत रहेको IRT पोष्ट मानखोलाको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको सामान सहित एकजनालाई पक्राउ गरेको छ। अन्दाजी मूल्य रु. बाईस लाख छत्तिस हजार छ सय चालिस बराबरको पिक अप जिप १ वटा, बिभिन्न भगवानको मुर्ति, कस्मेटिक सामान सहित बढैयाताल गा.पा.-७ बस्ने बर्ष २४ को कृपलाल यादव नियन्त्रणमा परेको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयाे। मानिस सहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालयमा बुझाईएको शस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाद्वारा प्रेषित सूचनामा उल्लेख छ।
प्रतिकृया दिनुहोस्