September 14, 2026, Monday
२९ भाद्र २०८३, सोमबार
Trending

बर्दिया प्रहरीद्वारा १९ थान साल जातको काठ बरामद

बर्दिया प्रहरीद्वारा १९ थान साल जातको काठ बरामद

मधुवन । कात्तिक ३ गते बिहान ५ बजेको समयमा बर्दियाको मधुवन नगरपालिका वडा नं.७ गंगाबस्ती स्थित सडक बाटोमा साल जातको काठको गोलिया बरामद भएको छ ।   ५ लाख २१हजार ८सय ४० मूल्य बराबरको १३०.४६ क्युविक फिट १९ थान साल जातको काठको गोलिया बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।  बेवारिसे अवस्थामा फेला पारीएको आबश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हरी खड्का क्षेत्रीद्वारा प्रेषित प्रेस रिलिजमा उल्लेख छ।