August 13, 2026, Thursday
२८ श्रावण २०८३, बिहीबार
Trending

सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाद्वारा अबैध सामान बरामद गरिएको छ। नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको छ । यसै क्रममा यस गण तथा मातहत बि.ओ.पि.हरुको विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार गर्दै गरेको जम्मा मूल्य रु. ८२¸१५७/-(बयासी हजार एक सय सन्ताउन्न) बराबरको डिजल¸ मोटरसाईकलका पार्टस बरामद गरिएको छ।   बरामद गरीएको सामान आवश्‍यक कारबाहिको लागी भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो।