February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

स्थानीयको सहयोगमा प्रहरी चौकी कोठीयाघाटको नयाँ भवन बन्यो

स्थानीयको सहयोगमा प्रहरी चौकी कोठीयाघाटको नयाँ भवन बन्यो

मधुवन । बर्दियाको कोठीयाघाट प्रहरी चौकीले नयाँ भवन पाएको छ।  नयाँ चौकी भवनको नगर प्रमुख गणेश बहादुर क्षेत्री, सहायक प्रजिअ माधव प्रसाद शर्मा, प्रहरी उपरीक्षक ईश्वर कार्कीले उद्घाटन गर्नु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका  प्रमुख , प्रहरी उपरीक्षक ईश्वर कार्कीको आग्रह र सकृयता , प्रहरी निरीक्षक राजन गौतम,  प्रहरी सहायक निरीक्षक दिनेश चदारा लगायतको सक्रियतामा  मधुवन नगर पालिका,  वडा कार्यालय र संघ संस्थाको सहयोगमा सो भवन निर्माण कार्य सम्पन्न भएको हो । प्रहरी चौकी भवनको भौतिक पुर्बाधार निर्माण कार्यका लागि योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुबन नगर प्रमुख गणेश बहादुर क्षेत्रीलाई उच्च सम्मान गरेको छ । ४९ दिनमा भवन निर्माण कार्य सम्पन्न भएको प्रहरी प्रमुख इश्वर कार्कीले जानकारी दिनु भयो।  भवन निर्माण कार्यमा सहयोग गर्ने मन र प्रहरी निरीक्षक राजन गौतम प्रहरी सहायक निरीक्षक दिनेश चदारा लगायत पनि कार्यक्रममा सम्मनित हुनु भएको छ। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत समेतको उपस्थिति थियो।