July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार
Trending

अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

गुलरिया । अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद भएको छ।
असोज २४ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामानहरू बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, घण्टी, पाला, अटो रिक्साको सामान लगायतका एक लाख बत्तिस हजार पाँच सय रुपैयाँ बराबरको सामान बरामद भएको हो ।  बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले  बताउनू भयो।