May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सीमामा हुने अबैध चोरी तस्करीजन्य कार्य नियन्त्रणमा बर्दिया सशस्त्र प्रहरी थप सशक्त बन्दै

सीमामा हुने अबैध चोरी तस्करीजन्य कार्य नियन्त्रणमा बर्दिया सशस्त्र प्रहरी थप सशक्त बन्दै

गुलरिया । सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध काठ तथा सामान बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दिया तथा मातहत बि.ओ.पि.हरुको विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार गर्दै गरेको १ लाख ९२ हजार बराबरको सामान बरामद भएको छ। एम्पिलि फायर¸ साउण्ड(स्पिकर)¸ चिनि¸ बिडी¸ प्लास्टिक झिल्ली¸ बल्ब¸ घाँसको बिउ¸ २० क्यु.फिट काठ बरामद गरी सम्बन्धित कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो।
नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको बर्दियाका सहायक प्रजिअ माधव प्रसाद शर्माले बताउनु भयाे ।