January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

गुलरिया नगरपालिका सम्मानित

गुलरिया नगरपालिका सम्मानित

गुलरिया । ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गुलरिया नगरपालिका सम्मानित भएको छ। १२  जिल्लामा समुदाय प्रहरीका लागि   ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो सम्मान प्रदान गर्नु भएको हो गुलरिया । ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गुलरिया नगरपालिका सम्मानित भएको छ। समुदाय प्रहरी साझेदारीका लागि १२  जिल्लामा उत्कृष्ठ कार्य गरेको भन्दै नगरपालिका सम्मानित भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो सम्मान पत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा प्रजिअ सन्त बहादुर सुनार, सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावत, सहायक प्रजिअ माधव प्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी कृष्ण चापागाईं, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा,  जिल्ला न्यायाधिवक्ता ऋषि केशव बस्याल, डिभिजन वन अधिकृत प्रवीण बिडारी, बर्दिया अस्पतालका प्रमुख डा. शुभाष पाण्डेय लगायतको उपस्थिति थियो। कार्यक्रममा उत्कृष्ठ कार्य गर्ने जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरु, समुदाय प्रहरी साझेदारीमा सहयोग पुर्याउने संघ संस्था र व्यक्तिहरू पनि सम्मानित भए।