September 15, 2026, Tuesday
३० भाद्र २०८३, मंगलवार
Trending

भगत नेपाली सबैभन्दा कान्छा कांग्रेसको पालिका कार्यसमितिको सभापति

भगत नेपाली सबैभन्दा कान्छा कांग्रेसको पालिका कार्यसमितिको सभापति

बढैया ताल । २९ वर्षीय भगत नेपाली कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा कान्छा पालिका  कार्यसमिति सभापति हुनु भएको छ।  २०४९असार ७ गते जन्मनु भएका उँहा  सबैभन्दा कान्छा सभापतिमा निर्बाचित हुने पहिलो पलिका सभापति हुनुका साथै दलित समुदायको तर्फबाट निर्बाचित हुने पहिलो पालिकाको सभापति समेत हुनुन्छ।
नेपाली कांग्रेसको चौधौं अधिबेशन अन्तर्गत असोज ११ गते सम्पन्न   गाउँपालिका अधिवेशनमा  बढैयातालबाट  गाउँपालिकाबाट निर्बाचित हुनु भएको हो।
अहिले देश भर नेपाली काङ्ग्रेसको अधिबेशन चलिरहेको छ र त्यसमा युबा पंक्तिको लहर बढदो छ । स्थानीय स्तरमा युबाको नेतृत्व समाजले खोजिरहेको पाइन्छ ।
स्नातकोत्तर तह सम्मको अध्ययन गरिसकेका नेपाली कुशल प्राध्यापक पनि हुनुहुन्छ ।