January 12, 2026, Monday
२८ पुष २०८२, सोमबार
Trending

सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

मधुवन। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेले अवैध पैठारी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा सरोकारवालासहित सीमा नाकामा संयुक्त गस्ती गरेको  छ। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेका पशु चिकित्सक डा. बिनिता तामाङ ,  सशस्त्र प्रहरी  नायब उपरीक्षक गोविन्द के सी, प्रहरी निरीक्षक हरी खड्का, पशु क्वारेन्टाइन चेक पोस्ट गुलरियाका पशु स्वास्थ्य प्राविधिक नारायण प्रसाद पोख्रेल, पशु स्वास्थ्य प्राविधिक इन्दु रेग्मी सहितको टोलीले बर्दियाको गुलरिया र मधुवन नगरपालिकासँग  जोडिएका  ६३ देखि ७९ नम्बर सीमास्तम्भ  क्षेत्र वरिपरिका सीमा नाकाहरूको  अनुगमन गरेको हो ।