September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

गुलरियामा चितुवाको आक्रमणबाट क्षती

गुलरियामा चितुवाको आक्रमणबाट क्षती

गुलरिया । गुलरियामा चितुवाको आक्रमणबाट क्षती भएको छ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसी २२ वटा खसी तथा बाख्रा मारेको स्थानीय जगदीश अधिकारीले बताए  । असोज ११ गते रातिको समयमा चितुवा आई खोरमा रहेको २२ वटा खसी तथा बाख्रा मारेको भन्ने सुचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिई जाँदा सम्पुर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।अन्य विस्तृत विवरण बुझ्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दिया ले जनाएको छ।