May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

बढैयातालमा पसलबाट मोबाइल चोर्ने २ पक्राउ

बढैयातालमा पसलबाट मोबाइल चोर्ने २ पक्राउ

बढैया ताल । मैनापोखर बजारमा कृक्तिका इलेक्ट्रोनिक्स पसलबाट मोबाइल चोर्ने  नेपालगन्ज २३ का मुसा सिद्दिकी र  वीरेन्द्रनगर १० का इस्लाम विन पक्राउ परेका छन् ।  पसलबाट सामान चोरी भाग्ने क्रममा बढैया तालको नेपाल भारत सीमा क्षेत्र नजिकै बाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका सिद्दिकी बाट ४ मोबाइल र एक रड , विन बाट रड फेला परेको इलाका प्रहरी कार्यालय मैनापोखरका  प्रहरी निरीक्षक जोशीले बताउनु भयो।