केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा

मधुवन । केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा परेका छन्।
भदौ२२ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउबाट ट्याक्टर सहित मानिस नियन्त्रणमा लिएको हो। जम्मा मुल्य रू. ४ लाख ३०हजार ५सय बराबरको ६१ क्विन्टल ३० किलोग्राम केराउ फेला पारी रितपुर्वक बरामद गरी ट्याक्टर सहित मानिसलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी हेम बहादुर शाहीले जानकारी दिनु भयो।
बर्दियाको मधुबन नगरपालिका वडा नं.७ बस्ने वर्ष २० को राम कुमार चौधरीले चलाएको भे.१ त.९६५५ नं.को ट्याक्टरमा लोड गरी चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अन्दाजी मुल्य रू. २लाख ७६ हजार ५ सय बराबरको ३९ क्विन्टल ३० किलोग्राम र सोही उद्देश्यले सोही स्थान नजिकै थुपारी राखेका अन्दाजी मुल्य रू. १ लाख ५४ हजार बराबरको २२ क्विन्टल केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रेस रिलिजमा उल्लेख छ।
प्रतिकृया दिनुहोस्