September 18, 2023, Monday
१ आश्विन २०८०, सोमबार
Trending

सशस्त्र प्रहरीद्वारा बर्दियामा १५ लाख बढीको सामान बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा १५ लाख बढीको सामान बरामद

गुलरिया। बर्दियाको मधुवन र बढैया ताल भारत -नेपाल सीमा क्षेत्रबाट निर्यात हुन् लागेको अबैध केराउ तथा  आयात हुन लागेको बिबिध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।   सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वार्टर बर्दिया तथा मातहत बिओपिहरुको विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार गर्दै गरेको जम्मा मूल्य रु. पन्ध्र लाख सतरी हजार तीन सय बिस बराबरको सामान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो। बरामद गरिएका सामानमा अबैध केराउ, भे.१त. ९६५५ नं.को ट्याक्टर¸ मेसिनरी सामान¸ बिद्युतको क्वाईल भर्ने मेंसिन¸ पानको पात¸ कवाडी सामान¸ साईकल र सालको काठ रहेका छन् ।
बरामद गरीएका सामान आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको छ।
नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रणमा आएको सहायक प्रजीअ माधव प्रसाद शर्माले बताउनु भयो।