चौधरी फाउण्डेसनद्वारा बर्दियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न
लुम्बिनी पत्र । चौधरी फाउण्डेसन र फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा निःशुल्क एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरमा ३२२ जना आँखाका बिरामीले सेवा लिएका छन्। जाँचमा ५१ जना मोतिबिन्दुका बिरामी फेलापरेकोमा निजहरुको आँखाको अपरेसनका लागि आवश्यक थप जाँच लगायतका कार्यहरु गर्नका लागि फत्तेवाल आँखा अस्पताल बाँकेमा रिफर गरिएको र उनीहरूको थप उपचार पनि निःशुल्क हुने चौधरी ग्रुप फुड इन्डष्ट्रिज बर्दियाका प्रशासन प्रमुख लिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । बाँसगढी नगरपालिका वडा नं. ५ मोतिपुर स्वास्थ्य चौकीमा नगरपालिकाका मेयर शालिक राम अधिकारीले निःशुल्क आँखा जाँच शिविरको उदघाटन गर्नु भएको थियो। कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत बल बहादुर चौधरी, बाँसगढी न.पा. कार्यकारी प्रमुख पुरुषोतम देवकोटा, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, इलाका प्रहरी प्रमुख विरेन्द्र सिह थापा, चौधरी गू्रपका प्रदेश प्रशासक देवराज ढुङ्गाना, चौधरी ग्रुप फुड इन्डष्ट्रिज बर्दियाका प्रशासन प्रमुख लिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्