January 11, 2026, Sunday
२७ पुष २०८२, आईतवार
Trending

१९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

१९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

कर्णाली प्रदेश । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- ३ मा नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महतले युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र बुबाले गरेको राजनीतिक प्रतिबद्धता पूरा गर्न राजनीतिमा सक्रिय भएको बताउनु भएको छ।
वडामा शुक्रबार अधिवेशनबाट निर्वाचित उँहाले सैद्धान्तिक रुपमा अझै राजनीतिमा भिजिनसेको भएपनि युवाहरुको भावनाको प्रतिनिधित्व गर्ने प्रष्ट्याउनु भयो।
युवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताउनु भयो।
वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुनु हुन्छ। १९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत प्रशंसा गरेका छन् ।