कर्मचारी युनियन बर्दियाका अध्यक्ष शर्मालाई मातृशोक
मधुवन । नेपाल निजामती कर्मचारी युनियन बर्दियाका अध्यक्ष सहायक बन अधिकृत द्रोण राज शर्मालाई मातृशोक परेको छ। मधुवन ५ रामनगर निवासी ७८ वर्षीया माता चनिसरा उपाध्यायको भदौ १९ गते बिहान ११ वजे निधन पछि उँहा मातृ शोकमा पर्नु भएको हो।
शर्माको ७८ वर्षीया ममतामयी माता २ वर्षदेखि पार्किन्सन रोगबाट ग्रसित भई औषधि सेवन गर्दै आउनु भएको थियो।
स्वर्गीय उपाध्यायको २ छोरा र २ छोरी रहेका छन्। स्वर्गीय उपाध्यायको बबई नदीको किनार कुसुम्बाघाटमा अन्तिम संस्कार हुँदैछ।
प्रतिकृया दिनुहोस्