February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

राँझा एयरपोर्टबाट ४ किलो बढी सुन सहित २ पक्राउ

राँझा एयरपोर्टबाट ४ किलो बढी सुन सहित २ पक्राउ

गुलरिया । ४ किलो २१.४९ ग्राम सुन सहित २ जना मानिस पक्राउ परेका छन्।
भदौ१८ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं २० राझाँ एयरपोर्टबाट उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख , प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बताउनु भयो। काठमाण्डौबाट नेपालगंज आएको श्री एयर लाएन्सको फ्लाईट नं SHA 433 नं को प्लेनबाट १४:०० बजेको समयमा नेपलगंज आएका जिल्ला झापा खादुनावारी गा.बि.स वडा नं. ६ बस्ने २६ वर्षीय अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ लेटाङ गा.वि.स.वडा नं २ बस्ने वर्ष २८ को बुद्दीमान खाती लाई ३ बजेको समयमा पक्राउ गरिएको हो।   नेपालगंज विमास्थलको आगमन कक्ष वाहिर पट्टी संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी निजहरुलाई रोकी सोधपुछ तथा तलासी गर्दा अमिल लगुन विश्वकर्माले लगाएको दाँया /वाँया जुत्तामा रहेको सुन जस्तो देखिने २/२ विस्कुट र बुद्धिमान खातीले लगाएको दाँया /वाँया जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने १/१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) र बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा सो झोला भित्र रहेको सुनको जस्तो देखिने तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी बरामद गरेको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको छ।