१० हजार युवालाई रोजगार दिने गरी कार्यक्रम ल्याउँदै छौ : मुख्यमन्त्री के सी
गुलरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चालु आर्थिक वर्ष १० हजार युवालाई रोजगार दिने गरी सरकारले कार्यक्रम तय गर्न लागेको बताउनु भएको छ। माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सह–ईन्चार्जसमेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले सोमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो घोषणा गर्नु भएको हो।
‘यो सरकारको प्राथमिकता भनेकै शिक्षा, स्वास्थ्य र रोजगार हो,’ उनले भने, ‘यस वर्ष मात्रै हामी १० हजार युवालाई रोजगारी दिने गरी कार्यक्रम तय गर्दैछौं ।’ प्राणघातक लगायत अन्य विभिन्न रोग लागेकाहरूलाई सर्वसुलभ ढंगले उपचार गराउने र आधुनिक प्रविधिको जमानामा डिजिटल शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उँहाले बताउनु भयो।
उँहाले भन्नु भयो, ‘रोग लागेका कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने र गुणस्तरीय शिक्षाबाट कोही पनि वञ्चित हुन नपर्ने गरी सरकारले काम सुरु गरिसकेको छ ।’ प्राणघातक रोग लागेकाहरूको उपचारमा ३ लाख रुपैयाँ सहयोग गर्ने नीतिगत निर्णय भइसकेको र अब छिटै कार्यान्वयनको चरणमा जाने उँहाको भनाई छ।
प्रदेशको पूर्ववर्ती सरकार नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै मुख्यमन्त्री केसीले प्रदेशको विकास र सुशासनका लागि जनताले अनुभूत गर्नेगरी प्रदेश सरकारले काम गर्ने दाबी गर्नु भयो। मुख्यमन्त्री केसीले जनतासँग जोडिने गरी पार्टीको संरचनामा र पार्टीलाई समावेशी बनाउने गरी पुनर्संरचना गरिएकाले अब नेकपा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी हुने दाबीसमेत गर्नु भयो। जनयुद्धका घाइते, अपाङ्ग र सहिद परिवारको योगदानलाई कदर गर्दै उनीहरुको जीविकोपार्जन हुने गरी सीप र आय आर्जनमुलक कार्यक्रममार्फत रोजगारी सिर्जना गर्न लागिएको उँहाले बताउनु भयो। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक शर्मा (हिमाल), बाँके जिल्ला अध्यक्ष आइपी खरेल, प्रदेश कमिटी सदस्यहरु प्रकाश सुवेदी, नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे, कोहलपुर अध्यक्ष तुलाराज विष्ट लगायत उपस्थित हुनु हुन्थ्यो। लुम्विनी प्रदेशको मुख्य मन्त्री कुल प्रसाद केसीले बर्दियाको बारबर्दियामा वेपता योद्धा स्मृति पार्क र बालसंरक्षण केन्द्रको आवासिय भवन उद्घाटन गर्नु भएको छ। बार बर्दिया नगरपालिका वडानम्वर १० मा सगुन लाल चौधरी शालिक अनावरण कार्य र कुम्भर अड्डा वेपता योद्धा स्मृति पार्क समुद्घाटन गर्नु भएको हो। बारबर्दिया वडा नम्वर १० सगुन स्मृति पार्क र बारबर्दियाको वडानम्वर ११बेलभारमा बालसंरक्षण केन्द्रको आवासिय भवन उँहाले एकै दिनमा उद्घाटन गर्नु भएको हो ।
प्रतिकृया दिनुहोस्