September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार

सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार

भक्रैया । बर्दियामा सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार गरिएको छ ।
बर्दिया जिल्ला मधुबन न.पा.- ३ भगरैया स्थित बिओपि भगरैया अगाडी रहेको सम्झना सामुदायिक बनमा घरपालुवा कुकुरहरुले जंगली चितललाई लखेटी घाईते बनाई रहेको अवस्थामा चित्तलको उद्दार गरिएको हो । बिओपिको मेनगेटमा रहेको डिउटीले देखी तत्काल बिओपिबाट सप्रसनि मगरु चौधरीको कमाण्डमा ५ जनाको टोलि परिचालन भई उक्त चितललाई जिवितै उद्दार गरिएको हो । उद्दार गरी बिओपिमा ल्याई सामान्य उपचार पश्चात डिभिजन बन कार्यालय गुलरिया बर्दियाका बन रक्षक रफिक साईको टोलिलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनु भयो।