January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

राजापुरमा छ्तबाट खसेर खजुराका एक युवाको मृत्यु

राजापुरमा छ्तबाट खसेर खजुराका एक युवाको मृत्यु

राजापुर । घरको छ्तबाट खसेर बर्दियाको राजापुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाकेको खजुरा गाउपालिका ३ सहारा टोलका २२ बर्सिय कृष्ण बिक रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । राजापुर बसपार्क स्थित एक होटेलको छतबाट शनिबार राती अचानक खसेको र घटनाबारे अनुसन्धान भइरहेको निरीक्षक घिमिरेले बताउनु भयो । मृतकको लास पोस्टमाटमका लागि प्राथमिक स्वास्थकेन्द्र राजापुरमा राखिएको छ ।