गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा एक व्यक्ति पक्राउ

राजापुर । संरक्षित वन्यजन्तु गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा ६ बर्ष कैद र रु एक लाख जरिवाना सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा संलग्न भई फरार २०६५ साल देखि फरार रहेका साबिकको गोला ४ हाल राजापुर न.पा. १ बर्दिया बस्ने रामफल सोनाहा पक्राउ परेका हुन् । उनलाई बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयबाट भदौ १२ गते खटिएको बिशेष टोलिले १४ बर्ष पछि पक्राउ गरेको प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनु भयो।
प्रतिकृया दिनुहोस्