January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

किन बन्दै छ गुलरिया लागू औषधको हब

किन बन्दै छ गुलरिया लागू औषधको हब

गुलरिया । बर्दियाको गुलरिया बजार क्षेत्र वरिपरि लागू औषध सेवन, बिक्री वितरण र ओसारपसारको समस्याले विकराल रूप लिँदैछ। अभिभावक, समुदाय, वडा कार्यालय, सरोकारवाला निकायहरु गम्भिर भई यस विरुद्ध सशक्त र प्रभावकारी सचेतना तथा नियन्त्रण अभियान चलाउनु पर्ने देखिन्छ। बर्दिया प्रहरीद्वारा दैनिक जसो गुलरिया क्षेत्रमा  लागू औषध सेवन कर्ता र कारोबारी  पक्राउ गर्दै आएको छ । उनीहरू प्रायजसो किशोर तथा युवा अवस्था उमेर समूहका छन्।  भदौ ७ गते जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.५ सहिद गेट स्थित बा.८५ प.९८२८ नम्बरको Royal enfield कम्पनीको मोटरसाईकलमा सवार जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.२ बस्ने बर्ष ३५को अकलेश यादवलाई पक्राउ गरेको छ । शंका लागी रोकी खान तलासी गर्दा निजको साथबाट ३० थान साना-साना पुरिया बनाई राखेको लागु औषध (ब्राउन सुगर) २७ ग्राम ५०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्र ना उ हेम शाहिद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।  उक्त लागु औषध, मोटरसाईकल र निजको साथमा रहेको Realme मोबाईल थान-१ सहित निजलाई नियन्त्रणमा लिईएको छ। प्रारम्भिक अनुसन्धानमा निज लागु औषध (ब्राउन सुगर) को कारोबारी रहेको भन्ने बुझिएको, अन्य अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।