May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते          

झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते          

कञ्चनपुर। कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए । अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ ।