July 23, 2024, Tuesday
८ श्रावण २०८१, मंगलवार
Trending

चितुवाले आक्रमण गर्दा राजापुरमा ३ बर्षिया बालिकाको ज्यान गयो

चितुवाले आक्रमण गर्दा राजापुरमा ३ बर्षिया बालिकाको ज्यान गयो

राजापुर । बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं.-१० भगतपुरमा बस्ने ३ बर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको छेउमा खेलिरहेको अवस्थामा जंगलबाट आएको बाघ जस्तो देखिने जंगली जनावरले आक्रमण गरि घाईते बनाएको थियो।
घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बिहीवार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । बालिकाको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।