December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

कोरोनाकै कारण हालसम्म नेपालमा  २३ जना पत्रकार तथा सञ्चारकर्मीको निधन, १ हजारभन्दा बढी पत्रकार संक्रमित

कोरोनाकै कारण हालसम्म नेपालमा  २३ जना पत्रकार तथा सञ्चारकर्मीको निधन, १ हजारभन्दा बढी पत्रकार संक्रमित

गुलरिया । कोरोनाकै कारण हालसम्म नेपालमा  २३ जना पत्रकार तथा सञ्चारकर्मीको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा नेपाल पत्रकार महासंघ  सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरिएको केन्द्रीय समितिअध्यक्ष विपुल पोख्रेलले बताउनु भयो। संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्स प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्चारउद्यमी महेन्द्र शेरचन र झापास्थित रेडियो झापाका सञ्चालक तथा स्टेसन म्यानेजर गणेश शिवाकोटीको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत सञ्चारउद्यमी शेरचनको उपचारकै क्रममा भाद्र २ बुधबार निधन भएको थियो भने रेडियो झापाका स्टेसन म्यानेजर शिवाकोटीको झापास्थित आम्दा अस्पतालमा उपचारकै क्रममा भाद्र ३ गते बिहीबार निधन भएको हो ।महासंघ स्वर्गीय सञ्चारउद्यमी शेरचन र स्टेसन म्यानेजर शिवाकोटीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।