बर्दिया जिल्ला स्तरिय स्वास्थ्यकर्मी प्रशिक्षण कार्यक्रम सम्पन्न
गुलरिया । प्लान इन्टरनशेनल नेपालको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय बर्दिया र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजनामा जिल्ला स्तरिय स्वास्थ्यकर्मी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माले प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता बर्दिया जिल्ला अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष अगंद श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा प्रत्येक पालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्य प्रमुख सहित २० जना स्वास्थ्यकर्मीहरुको पनि उपस्थिीती रहेको थियो ।
स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरी र बर्दिया अस्पतालको मे.सु डा. सुबास पाण्डेले सहजीकरण गर्नु भएको कार्यक्रमको संन्चालन संस्थाका कार्यक्रम प्रबन्धक तेजमणी पन्थले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले कोभिड प्रतिकार्य परियोजनाको “रिपोटिङ,रेकडिङ र तथ्यांक ब्यबस्थापन ”बारे स्थानिय पालिकाका स्वास्थ्यकर्मीहरुलाई क्षमता बिकास संम्बन्धी सहजीकरण गरेकोमा धन्यबाद दिदै नि.जिल्ला प्रमुख अधिकारीले कोभिडको असर कम गर्न र क्षती न्युनीकरण गर्न संस्थाले गरेको कार्यको प्रशंसा गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो । र समापन कार्यक्रममा बोल्दै अस्पताल ब्यबस्थापनका समितीका अध्यक्ष अंगद श्रेष्ठले अगामी दिनमा स्वास्थ्य सम्बन्धी सेवा लिन चाहने बर्दिया बासीहरुलाई अस्पतालका सेवाहरु पनि जानकारी गराई दिन हुन आग्रह गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत संस्थाका कार्यकारी निर्देशक प्रिज्मा सिङ थारु ज्यू ले गर्नु भएको थियो भने कार्यक्रमको प्रगती प्रस्तुतिकरण परियोजना संयोजक आसा राम चौधरी ज्यू ले गर्नु भएको थियो र कार्यक्रम अधिकृत उपास्ना खड्काले जानकारी गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस्