February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु गर्ने निर्णय

नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु गर्ने निर्णय

गुलरिया । नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकको निर्णय अनुसार कांग्रेसले वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गर्ने निर्णय गरेको छ । यस्तै जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको महामन्त्री पूर्ण बहादुर खड्काले बताउनु भयो ।
भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।