December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामन्य : प्रदीप ज्ञवाली

जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामन्य : प्रदीप ज्ञवाली

सरला सुवेदी
बाँके ।नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गगएको अषाढ २८ गतेको परमादेश बाट मुलुकमा एउटा राजनैतिक परिवर्तन भएको बताउनु भयो। उहाँले जनादेश बाट सरकार परिवर्तन हुने कुरा सामान्य रहेको र नेकपा एमालेले त्यस्ता फैसलालाई सहज ढङ्गले लिएको बताउनु भएको छ। वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र र जनताको सवालमा गम्भिर नरहेको बताउनु भएको छ।

प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले बर्तमान सरकार अवसरवादी र स्वार्थ समुहसंग मिलेर बनेको भन्दै ज्ञवालीले यो सरकार संविधान विरोधी, सुकुम्बासी विरोधी र गरिबमारा भएको आरोप समेत लगाउनु भयो–‘भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु बर्तमान सरकार गरिबमारा भएको दह्रो प्रमाण हो ।’ उहाले महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारका तर्फबाट औपचारिक रुपमा पत्र समेत पठाउन नसक्नुले यो सरकारको राष्ट्रियता माथि पनि चुक्क समेत नगरेको आरोप लगाउनु भयो ।

भुमि सम्बन्धि समस्या समाधान आयोगमा रहेका व्यक्ति मन नपरेको खण्डमा व्यक्ति परिवर्तनको वैकल्पिक मार्ग हुंदाहुदै आयोग नै खारेज गर्नु नेपाली जनताका लागि न्यायसंगत नभएको बताउनु भयो । बर्तमान सरकारको संविधानका विरुद्वको काम भएको समेत ठोकुवा गर्दै आफ्नो साझा कार्यक्रम मार्फत अधिकार प्राप्त स्थानीय सरकारलाई प्रदेश सरकार मातहतमा ल्याएर कमजोर बनाउन खोज्ने सरकारको कुनियत प्रति खेद प्रकट गर्नुभयो।
उहाँले एमाले पार्टीको महाधिवेसन आउदो बैशाख भित्रै गरिसक्नु पर्ने जानकारी दिंदै पार्टी भित्रको आन्तरिक विवादलाई मिलाउन हरसम्भव प्रयास गरिरहेको र पार्टी एकताको प्रसंगमा हरेक पटक माधव नेपाल समूहले शर्तमाथि शर्त थपेर औचित्य सकेको उल्लेख गर्नुभयो ।
उहाँले अब स्थानिय तहको चुनाव नजिकिदै गर्दा त्यसलाई ध्यानमा राखेर पार्टी संगठन चुस्त दुरुस्त बनाउनु पर्ने बताउदै आउदो भदौ २७ र २८ गते पार्टीको बिधान महाधिवेशन हुने जानकारी समेत दिनुभएको छ।