September 24, 2023, Sunday
७ आश्विन २०८०, आईतवार
Trending

घर छोडेर हिँडेका ३ जना बालिकाहरुको बर्दिया प्रहरीद्वारा खोजी कार्य तीब्र

घर छोडेर हिँडेका ३ जना बालिकाहरुको बर्दिया प्रहरीद्वारा खोजी कार्य तीब्र

ठाकुरबाबा। अभिभावकलाई थाहा नदिई घर छोडेर हिँडेका एउटै गाउँका ३ जना टिन एज बालिका/किशोरीहरुको बर्दिया प्रहरीले खोजी कार्य तीब्र पारेको छ। बर्दियाको ठाकुरबाबा ९ बेतहनीका १६ वर्षीया सावित्री बरायली, यमुना परियार, अनिता पुन मगर बाँके नेपालगन्ज तिर गएको देखाएकाले बाँके प्रहरीसँग समन्वय गरी खोजी कार्य तिब्र बनाइएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो। उनीहरू मानव बेचबिखनमा नपरुन् भनेर सिमा क्षेत्रमा पनि कडी कडाउ  गरिएको प्रहरीले जनाएको छ ।
परिवारजनले खोजीका लागि ठाकुरद्वारा प्रहरीमा लिखित निवेदन दिएको थियो।