हराएकी बालिकालाई अभिभावकको जिम्मा लगाइयो

गुलरिया । हराएकी बालिका फेला पारी आमाको जिम्मा लगाईएको छ।
जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ संगमटोल बस्ने वर्ष १३ की गरिमा नेपाली साउन १९ गते देखि हराईरहेकी थिइन् । साउन २० गते जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ सोही दिनदेखी खोजी कार्य जारी गरीएकोमा आज साउन २७ गते बालिका फेला परेकी हुन् । हराएकी बालिका गरीमालाई बर्दियाको मधुबन नगरपालिका वडा नं. ८ स्थितबाट फेला पारी जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याई निज बालिकाकी आमा बसन्ती बस्यालको जिम्मा लगाई पठाईएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।
प्रतिकृया दिनुहोस्