May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कुलमान घिसिङद्वारा पदभार ग्रहण

कुलमान घिसिङद्वारा पदभार ग्रहण

गुलरिया । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नु भएको छ।  नेपाल विद्युत प्राधिकरणका नव नियुक्त  कार्यकारी निर्देशक कुलमान घिसिङले  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीबाट  नियुक्ति पत्र बुझें लगतै पदभार ग्रहण गर्नु भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो।
उँहा कार्यालय पुग्दा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए।  प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गर्दै घिसिङलाई प्राधिकरणमा नियुक्त गरेको थियो।
यस अघि घिसिङ चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २८ भदौ ०७७ मा बिदा भएका थिए । उँहाको कार्यकालमा सर्वप्रथम काठमाडौं हुँदै देशभर १ जेठ ०७५ मा लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो। उँहाको पालामा विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल भएको थियो। उँहा नियुक्त हुँदा २९ भदौ ०७३ मा २६ प्रतिशत चुहावट रहेकोमा उनी बिदा हुँदा १५ प्रतिशतमा झारेका थिए।
त्यस्तै, प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा स्थापित गर्नु भएको थियो। आर्थिक वर्ष ०७६/७७ मा प्राधिकरणले ११ अर्ब ६८ करोड खुद नाफा कमाएको थियो।