अख्तियार नेपालगन्जद्वारा २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट
गुलरिया । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल संपर्क कार्यालय नेपालगन्जले आर्थिक वर्ष २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ७७६वटा उजुरी परेकोमा ५०३ उजुरीको छानविन सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७६ /०७७मा ५७५ उजुरी परेकोमा २५५ वटा अथार्त ४५.४५ प्रतिशत फर्छ्यौट गरेको छ। आर्थिक वर्ष २०७५/०७६मा ५४२ वटा उजुरी परेकोमा ३१६ वटा अथार्त ५८.३० प्रतिशत फर्छ्यौट गरेको छ। अख्तियारमा बाँके , दाङ , बर्दिया र रोल्पा गरी बर्दिया बाँके जिल्लाका गरी ७७६ जम्मा उजुरी परेकोमा ५०३ फर्छ्यौट भई २७३ बाँकी छ। जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तह गरी ३४४ उजुरी परेकोमा २२४ वटाको छानविन सम्पन्न भएको छ १२० उजुरी बाँकी छ । दाङ जिल्लासँग सम्बन्धित २४५ उजुरी परेकोमा १५१ वटाको छानविन सम्पन्न भएको छ भने ९४ वटा बाँकी छ। बर्दिया जिल्लाको १८० उजुरी मध्ये १२४को छानविन सम्पन्न भएको छ भने ५६ वटा बाँकी छ । रोल्पा जिल्लाको ७ वटा उजुरी परेकोमा ४ वटाको छानविन सम्पन्न भई ३ वटा बाँकी छ ।
आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आयोगसँग साझेदारी,खोजमूलक पत्रकारीता र सूचना तथा आयोगको प्रवर्द्धनात्मक कार्यहरूमा साझेदारी र सहयोग पाउने सञ्चारकर्मीहरुबाट अपेक्षा राखेको छ।
प्रतिकृया दिनुहोस्