May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

बर्दघाट । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले  बताउनु भयो ।
सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको थियो । तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि उहाँलाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।
मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई पक्राउ गरिएको डिएसपी लामाले बताउनु भयो।