January 12, 2026, Monday
२८ पुष २०८२, सोमबार
Trending

दुर्घटना न्यूनिकरण गर्न बर्दियामा छाडा चौपायाको घाटीमा रिफ्लेक्टर लगाउन सुरु

दुर्घटना न्यूनिकरण गर्न बर्दियामा छाडा चौपायाको घाटीमा रिफ्लेक्टर लगाउन सुरु

गुलरिया । बर्दियाको मधुवन बेलवा, बार बर्दिया को कतर्निया लगायतका बजारको राजमार्ग सडकमा दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको घाटीमा रिफ्लेक्टर (रातिमा चम्कीने) डोरी लगाउने अभियान चलाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा हुलाकी राजमार्गको बेलवा चोकमा र पूर्व पश्चिम राजमार्गको कतर्नियाम रहेका छाडा चौपायाहरुको घाटीमा रिफ्लेटर लगाईएको छ ।
अभियान अन्तर्गत  तीन दर्जन जति छाडा चौपायाका घाटीमा रिफ्लेक्टर लगाईएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्र ना नी गोपाल बहादुर ज्ञवालीले बताउनु भयो। छाडा चौपायाका कारण हुने सडक दुर्घट्ना न्यूनिकरणका लागि यस्तो अभियान सुरु गरेको उँहाको भनाई छ। ट्राफिक प्रहरीले मास्क लगाएर हिँड्न सर्वसाधरणहरुलाइ अनुरोध गर्दै मास्क वितरण समेत गरेको छ।