September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद

काठमाडौं । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ पानी ट्याङ्कीस्थित सीमा ईलाकाबाट साउन २२ गते सशस्त्र प्रहरीले करिब ३ लाख १२ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामान बरामद गरको छ ।
भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाँडाबर्तन तथा गुट्खा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय मलगंवामा बुझाईएको छ ।
यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ बाईपास ईलाकाबाट साउन २२ गते सशस्त्र प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।
बरामद लत्ताकपडा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।