May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

मधुवन । श्री जन जागृति युवा क्लब मधुवन ८ कुसुम्बा बजारको आयोजनामा नगरस्तरीय मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सशस्त्र प्रहरी बल सानोश्री बेस क्याम्पमा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला समन्वय अधिकारी कृष्ण चापागाई र सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डेको समूह प्रथम भएको छ भने  प्रहरी जवान राजेन्द्र चौधरी र पत्रकार निर्मल घिमिरेको समुह द्वितीय भएको छ ।  प्रतियोगितामा विजयीहरुलाई मधुवन नगर प्रमुख गणेश बहादुर क्षेत्री, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत, ब्याडमिन्टन संघ बर्दियाका अध्यक्ष बालकृष्ण वलि, जन जागृति युवा क्लबका अध्यक्ष राम बहादुर बुढाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भयो।   डबल खुल्ला प्रतियोगितामा १४ टीम सहभागी थियो।