May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

७२ हजार घुससहित पक्राउ

७२ हजार घुससहित पक्राउ

गुलरिया। सेवाग्राहीबाट घुस लिएको आरोपमा बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल ७२ हजार घुससहित पक्राउ पर्नु भएको छ ।
सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्नपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार घुस माग गरिरहेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार पौडललाई सेवाग्राहीसँग ७२ हजार घुस लिइसकेको अवस्थामा उहाँलाई बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ स्थित सव्रिना होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । घटनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।