May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सशस्त्र प्रहरी फुटाहाद्वारा ब्राउन सुगर बरामद

सशस्त्र प्रहरी  फुटाहाद्वारा ब्राउन सुगर बरामद

बढैया ताल । सशस्त्र प्रहरी बल फुटाहाले ब्राउन सुगर बरामद गरेको छ।
साउन २२ गते १९:३० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दिया मातहत फरर्वाड बेश फुटाहाबाट सप्रनानि भिम बहादुर वलीको कमाण्डमा खटि गएको ५ जनाको सिमा गस्ति टोलीले बढैयाताल गा.पा.-२ फुटाहा स्थित भारतबाट ब्राउन सुगर बरामद गरेको हो । नेपाल तर्फ आउँदै गरेका जिल्ला बाँके खजुरा गा.पा.वडा नं.-८ बिरपुर बस्ने बर्ष २२ का सुमित सुनारलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लागुऔषध ब्राउन सुगर अन्दाजी ९ ग्राम, नगद रु १०,०००।- (दश हजार) नेपाली पैसा, मोबाईल सेट-१ वटा र मिठाई सहित फेला पारी आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनुभयो।