लागु औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ

लुम्बिनी पत्र । साउन २२ गते अन्दाजी दिउँसो ४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट शादा पोशाकमा खटीएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागु औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं.८ भादापुल स्थित सडक बाटोमा गुलरियाबाट नेपालगंज तर्फ जाँदै गरेको राजापुर न.पा.वडा नं.१ झबही गाउँ बस्ने बर्ष ३२ को सुनिल शाहले चलाएको सु.प.प्र.०१-००९ प ९६४३ नम्बरको मोटरसाईकल शंकास्पद रुपमा आएको देखेपछि उक्त मो.सा.रोकी खानतलासी गर्न खोज्दा सोही मो.सा.को पछाडी सवार गर्ने जिल्ला बर्दिया गेरुवा गाउँपालिका वडा नं.५ पशुपतिनगर कटेसपुर बस्ने बर्ष २२ को सुशिल चौधरीले साथमा लुकाई छिपाई ल्याएको दाँया हातले आफुले लगाएको निलो जिन्स पाईन्टको पछाडीको खल्तीबाट निकाली झाडीमा फाल्न लाग्दा दाँया हातको मुठ्ठीबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ कालो प्लाष्टिकको पुरिया थान १, पुरिया हटाई शुद्ध तौल गर्दा ३ ग्राम ६७० मिलिग्राम र मोटरसाईकल चालक सुनिल शाहको खैरो कलरको हाप पाइन्टको पछाडी दाईने खल्तीबाट नेपाली नगद रु.३०,५००/- (तिस हजार पाँच सय ), उल्लेखित मो.सा. र बिलबुक रितपुर्क बरामद गरी निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरी नायब उपरीक्षक हेम वहादुर शाहीले बताउनु भयो।
प्रतिकृया दिनुहोस्