September 17, 2023, Sunday
३१ भाद्र २०८०, आईतवार
Trending

बर्दियामा सशस्त्र विओपि खैरीचन्दनपुर झप्टीको भवन उदघाटन

बर्दियामा सशस्त्र विओपि खैरीचन्दनपुर झप्टीको भवन उदघाटन

जिल्ला बर्दिया राजापुर न.पा.१० खैरीचन्दनपुर झप्टि स्थित तेस्रो चरण अन्तरगत स्थापना हुने बिओपि खैरीचन्दनपुर झप्टिको नवनिर्मित भवन समुद्घघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति स.प्र.ना.म.नि. किशोर प्रधान ज्यूको प्रमुख आतिथ्यतामा गेरुवा गाँउपालिकाका अध्यक्ष जमान सिंह के.सी., बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार ज्यूको बिशिष्ट आतिथ्यतामा स.प्र.बल नेपाल नं.३१ गण हे.क्वा. बर्दियाका गणपति स.प्र.उ. नर बहादुर रावत, राजापुर न.पा. वडा नं. १० का वडा अध्यक्ष श्री दयाशंकर थारु , सिनियर अधिकृतहरु यस गण मातहत बेश तथा बिओपि प्रमुखहरुको उपस्थितिमा बाहिनीपति स.प्र.ना.म.नि. किशोर प्रधानबाट साउन २० गते १०:५० बजे भर्चुअल माध्यमबाट समुद्धघाटन भएको छ।
साथै बिशिष्ट अतिथीहरु गेरुवा गाउपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी ज्यूहरुले आ-आफ्नो मन्तब्य दिदै भबन निर्माण पश्चात पालमा बसी डिउटी गर्नुपर्ने असहज अबश्थाको अन्त्य भएको र सहज ढंगबाट प्रभाबकारी डिउटी सम्पादन भई सिमा सुरक्षा थप मजबुद हुने र समग्र शान्ति सुरक्षाको अबश्था सुदृढ हुने बताउनु भयो तथा बाहिनीपति ज्यूबाट सीमा सुरक्षाको सुदृढिकरण, शान्ति सुरक्षामा सुधार, स.प्र.बल नेपालको उपस्थिती र आपतकालिन अवस्थामा तत्काल परिचालन र उद्धारमा प्रभावकारीता लगायत अगामी दिनहरुमा अझ प्रभावकारी रुपमा परिचालित हुन अमुल्य निर्देशन दिनु भएको थियो ।