गेरुवा गाउपलिकाद्वारा सोनाहाहरुलाइ घर निर्माण गरी हस्तान्तरण
गेरुवा । गेरुवा गाउँपालिका वडा नं. ६ स्थीत सोनाह वस्तीका २० घर परिवारलाई आवास गृह हस्तान्तरण गरीएको छ । गाउँपालिका अध्यक्ष जमान सिंह के सि र उपाध्यक्ष हिमा कुमारी थारूले सो घर हस्तान्तरण गर्नु भएको हो । सामुहिक आवास कार्यक्रम अन्तरगत गेरुवा गाउँपालिका र संघीय सरकारको साझेदारीमा ३ कोठे आवास गृह निर्माण गरी हस्तान्तरण गरीएको हो । उपभोक्ता समिति मार्फत गाउँपालिका र संघीय सरकारको ७० लाख अनुदान र जनश्रमदान २३ लाख ५० हजार २ सय २२ रुपैया गरी जम्मा ९३ लाख १० हजार २ सय २२ रुपैया खर्च गरेर आवास गृह निर्माण सम्पन्न भएको सूचना अधिकारी प्रकाश शर्माले बताउनु भयो।आवास गृह हस्तान्तरण भएपछी सो वस्तीका २० घर धुरी का १ सय ५ जना लाभान्वित भएका छन।गत वर्ष पनि सोही वस्तीमा २० वटा आवास गृह निर्माण गरी हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले बताउनु भयो।
प्रतिकृया दिनुहोस्